धम्जाबाट बागलुङ बजार आउँदै गरेको जिप दुर्घटना

बागलुङ, ९ भदौ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाबाट बागलुङ बजार आइरहेको जिप दुर्घटना हुँदा दुई जना घाईतेका भएका छन् ।

काठेखोला गाउँपालिका–२ भीमापोखराको डुडियामा ध १ ज ८२२ नम्बरको जिप बिहिबार विहान दुर्घटना हुँदा दुई जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले बताउनुभयो ।

]दुर्घटनामा काठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जाकी ४० बर्षिया कृष्णमाया घर्ती र म्याग्दी जिल्लाको बेनी नगरपालिका–३ मुसुम बस्ने ६७ बर्षिया तुलमाया पुन घाईते भएको प्रनाउ रानाले बताउनुभयो । उहाँले घाईतेहरुको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको बताउनुभयो ।

जिपमा ८ जना सवार रहेको प्रहरीले बताएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here