
म्याग्दी, ६ भदौ । हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसाग जोड्ने एक मात्रै सडक सञ्जाल बेनी–जोमसोम सडक खण्ड आइतबार रातीको पानीले गर्दा पहिरो जाँदा अबरुद्ध भएको छ ।
अविरल वर्षाले गर्दा अन्नपुर्ण गाउँपालिलका अन्तर्रगतका जलथले, रुप्से झरना, काभ्रे भिरमा पहिरोले गर्दा सडक अबरुद्ध भएको कालिगण्डकी करिडोर सडक आयोजनाका फिल्ड सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो । सडक मर्मतका लागि प्रयास भई रहेको भए पनि पहिरो झर्न नरोकिएकोले काम हुन नपाएको शेरचनले बताउनुभयो । जलथलेमा लगातार पहिरो झरी रहेकोले गर्दा सडक खुलाउन समस्या भएको शेरचनको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले अन्नपुर्ण गाउँपालिका– ३ दानाको जलथले, रुप्से र काभ्रे भिरमा पहिरोले सडक अबरुद्ध भएको बताउनुभयो । सडक खुलाउनका लागि सडक आयोजना र प्रहरी टोली खटेको भए पनि खुल्न समय लाग्ने प्रनाउ भारतीको भनाई छ ।