ढोरपाटन दैनिक २० औं बर्षमा प्रबेश

बागलुङ, २ भदौ । ढोरपाटन दैनिक पत्रिका बुधबारदेखि २० औं बर्षमा प्रवेश गरेको छ । बागलुङबाट २०६० साल भदौ १ गते प्रकाशन आरम्भ गरेको पत्रिकाले मंगलबार २० औं वार्षिकोत्सव मनाएको हो ।

पोखरा र बागलुङबाट एकसाथ प्रकाशन हुँदै आएको पत्रिकाले बुधबार पोखरामा एक विषेश कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव मनाएको सम्पादक हरिनारायण गौतमले बताउनुभयो ।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले संचार क्षेत्रको सहमति बिना गण्डकी सञ्चार विधेयक अघि नबढाइने बताउनुभयो । संसदमा रहेका सबै दलहरुको सहमतिमा नै विधेयक तयार भएको भन्दै उहाँले पत्रकार र सञ्चार क्षेत्रको गुनासो आउने गरि जबर्जस्ती विधेयक अघि नबढ्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै साहित्यकार तीर्थ श्रेष्ठले अहिले मानिसहरु आँफैमा सुधार आवश्यक रहेको बताउनुभयो । समाज सुधारका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने भन्दै श्रेष्ठले समाजको ऐना बन्न सञ्चार क्षेत्रलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले सरकारलाई सचेत बनाउने काममा सञ्चार क्षेत्र अब्बल रहेको बताउनुभयो । पत्रकार महासंघ गण्डकीप्रदेश अध्यक्ष नारायण शर्माले तीनै तहका सरकारले समानुपातिक विज्ञापन प्रणाली लागू गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघ कास्की शाखाका सचिव माधव बरालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

पत्रिकाले कला, साहित्य, संगीत र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्नेलाई हरेक बर्ष प्रदान गर्दै आएको ‘ढोरपाटन सम्मान–२०७७’ बाट साहित्यकार तीर्थ श्रेष्ठलाई सम्मान गरेको छ । त्यस्तै ढोरपाटन दैनिकका लागि नियमित विज्ञापन उपलव्ध गराउने बिज्ञापनदाता रुसन सापकोटालाई सम्मान गरेको छभने सञ्चारगृह भित्रका दुई जना कर्मचारी पनि पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा समाचार लेखनतर्फ संवाददाताविजय नेपाली र बजार व्यवस्थापनतर्फ दिवाकर चापागाईं रहनुभएको छ ।

संपादकगौतमको अध्यक्षता, पोखरा ब्यूरो प्रमुख बासुदेव मिश्रको स्वागत र सह–सम्पादक तारानाथ आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here