जंगलमा घाँस काट्न गएकाको मृत्यु भएपछि स्थानीयद्वारा सुर्खेत सडक अवरुद्ध

सुर्खेत, साउन ३० ।  जंगलमा घाँस काट्न गएका दुई जनाको मृत्यु भएपछि सुर्खेतको भेरीगंगा नगरपालिकाका स्थानीयले सडक अवरुद्ध गरेका छन् ।

भेरीगंगा नगरपालिका-५ गेरवानीमा घाँस काट्न गएका रामबहादुर चन्द र कवि ओली जंगली जनावरको आक्रमणमा परी मृत अवस्थामा भेटिएपछि स्थानीयले बबईमा सडक अवरुद्ध गरेका हुन् ।

सडक अवरुद्ध हुँदा सुर्खेतबाट बाहिरिने र कर्णाली भित्रने सवारीहरु बबई पुल पारी र वारितर्फ रोकिएका छन् ।

चन्द र ओलीको शव घरदेखि करिब ५ सय मिटरको दुरीमा फेला परेको थियो । आइतबार बिहान करिब ८ बजे घाँस काट्न निस्किएका दुवैजना अबेरसम्म नफर्केपछि आफन्तले अस्थायी प्रहरीचौकी बबईलाई खबर गरेका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here