चिल्ड्रेन लाईफ खुल्ला फुटसलको उपाधि गुठीले जित्यो

बागलुङ, २१ साउन । चिल्ड्रेन लाईफ खुल्ला फुटसल प्रतियोगिताको उपाधि गुठी युनाईटेडले जितेको छ ।

चिल्ड्रेन लाईफ स्पोर्टस क्लब बागलुङले आयोजना गरेको खुल्ला फुटसल प्रतियोगिताको फाइनल खेलमा थापाठाना एफसिलाई सडनडेथमा पराजित गर्दै गुठीले उपाधि चुमेको हो । निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा २–२ गोल भएपछि उपाधिको छिनोफानो सेडनडेथमा पुगेको थियो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको अन्तिम समयमा गुठीले गोल गर्दै अग्रता बनाएको थियो । दोस्रो हाफमा थापाठानाका खेलाडीले सुन्दर गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए ।

प्रतियोगिताको उपाधि जितेको गुठीले ४१ हजरा १ सय ११ रुपैयाँ प्राप्त गरेको छभने उपविजेता थापाठानाले २१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्यो ।

चिल्ड्रेन लाईफ स्पोर्टस क्लबको आयोजनामा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा १८ टिमको सहभागिता रहेको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here