काठमाडौंको तारकेश्वरमा एकै परिवारका चार जनाको शव फेला

काठमाडौं, श्रावण। काठमाडौंको तारकेश्वरमा एकै परिवारका चार जनाको शव फेला परेको छ ।

तारकेश्वर नगरपालिका–११ तारकेश्वरमा श्रीमान–श्रीमती र दुई छोरा-छोरीको शव फेला परेको प्रहरीले जनाएको छ ।

घरको ढोका फोडेर प्रहरीले चारै जनाको शव बाहिर निकालेको हो ।

प्रहरीले उनीहरु चारै जनाले आत्महत्या गरेको आशंका गरेको छ । ढोका फोडेर शव बाहिर निकालेको आधारमा प्रहरीले आत्महत्याको आशंका गरेको हो ।

शव फेला पर्नेमा १३ वर्षकी छोरी र ८ वर्षका छोरा समेत छन् ।

घटनास्थलमा काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक, प्रहरी वृत्त बालाजु र काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोली घटनास्थलमा पुगेको छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here