पर्वतमा करेन्ट लागेर एक युवाको मृत्यु

पर्वत,श्रावण १५।  पर्वतको पैंयु गाउँपालिका-६ भोर्लेमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ।

स्थानीय काहुँ गाउँका ३० वर्षीय केशवबहादुर थापा मगरको आइतबार बिहान साढे ९ बजे करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो। आफ्नै कुखुरा फार्ममा बिजुलीको बल्व फेर्ने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

शव पोष्टमार्टमका लागि स्याङ्जाको वालिङतर्फ लगिएको प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए। बल्ब फेर्ने क्रममा बिजुलीको तारमा चिसोले सर्ट भएकाले करेन्ट लागेको हुनसक्ने प्रहरीको अनुमान छ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here