एसईईको नतिजा सार्वजनिक

काठमाडौं, ११ साउन । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । ४ लाख ९५ हजार ७५१ जना एसईई परीक्षार्थीको नतिजा बोर्डले बुधबार सार्वजनिक गरेको हो । परीक्षामा नौ हजार ६३३ जनाले ४ जीपीए ल्याएका छन् ।

बुधबार बसेको बोर्डको बैठकले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) एसईईको नतिजा सार्वजनिक गरेको छ। नतिजा अनुसार ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए ।

कोभिड-१९ महामारीका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक परीक्षा दिएका हुन् । बोर्डले शैक्षिक २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो ।

एसईईको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय कक्षा १०, नेपाल टेलिकम लगायतको वेबसाइटबाट तथा एसमएमएस र आईभीआरबाट पनि हेर्न सकिनेछ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here