
असार १० धादिङ । जिल्लाको निलकण्ठ नगरपालिका–४ रानागाउँमा गएराति पहिरोले पुरिएर एकको मृत्यु भएको छ । अविरल वर्षासँगै गएको पहिरोले पुरिएर २७ वर्षीया शर्मिला राना मगरको मृत्यु भएको हो ।
ससुरा भरत राना मगर र सासु सेती राना मगरसँगै खाना खाएर सुतेकी शर्मिला एकासि आएको पहिरोले पुरिएकी हुन् । सिद्धलेख गाउपालिका–३ झार्लाङ्गटार माइतीमै खड्गदेवी आधारभूत विद्यालयमा शिक्षिका रहेकी शर्मिला गत असार २७ गते खेत रोपाई गर्नका लागि रानागाउास्थित घर आएकी थिइन् ।
जिल्ला प्रशासन कार्यालय धादिङ्गका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालका अनुसार अविरल वर्षाका कारण अरुण खोलाले करिब २ दर्जन भन्दा बढी घरमा क्षति पुर्याएको छ ।