पार्किङ निषेध गरिएको ठाउँमा रोक्दा मन्त्रीको गाडीलाई जरिवाना

काठमाडौ, ०९ असार । ललितपुरको पुलचोकस्थित दमकल मोडमा पार्किङ निषेध गरिएको ठाउँमा रोक्दा मन्त्रीले चढ्ने गाडीलाई जरिवाना गरिएको छ ।

सोमबार बिहान  भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राइले प्रयोग गर्ने बा २२ च २५८३ नम्बरको गाडीलाई जावलाखेलस्थित ट्राफिक प्रहरी वृत्तबाट खटिएका प्रहरीले जरिवाना गरेका हुन् । विपरीत दिशातर्फ फर्काएर नो पार्किङमा पार्क गरेको भेटेपछि सो गाडीलाई जरिवाना गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिएसपी बालनरसिंह  राणाले  बताए ।

पार्किङ निषेध गरिएको ठाउँमा रोकेको कसुरमा राइ चढ्ने गाडीलाई १ हजार रुपैयाँ जरिवाना गरिएको छ । गाडीमा संघीय संसद् सचिवालयले सांसद राइलाई संसद् भवन प्रवेश गर्न दिएको पत्रसमेत टाँस गरिएको थियो । सो गाडी मन्त्रीले निजी काममा प्रयोग गर्दै आएको बताइएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here