बुर्तिबाङबाट बुटवल जाँदै गरेको बस पाल्पामा दुर्घटना: ६ जनाको मृत्यु

बागलुङ, ८ साउन । आइतबार दिउसो पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं २ लघुवामा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छभने १७ जना घाइते भएका छन् ।

बागलुङको बुर्तिबाङबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा आइतबार बेलुकी ५ बजेतिर दुर्घटना भएको हो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका इन्सपेक्टर वीरदत्त पन्तका अनुसार दुर्घटनामा ३ महिला र ३ पुरुषको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १६ जनाको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।

बसका चालक पनि घाइते भएका छन् ।

घटनास्थलमा रहेका घाइतेका अनुसार अर्को बसलाई साइड दिने क्रममा बस दुर्घटनामा परेको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here