बागलुङको गौरीधाम मन्दिरमा भक्तजनकाे घुइँचो

बागलुङ, ०२ साउन ।साउनको सोमवार भगवान शिवको महिमा मानिने हुँदा भक्तजन उपासना गरी नजिकको पवित्र नदी, कुण्ड तथा तलाउबाट जल शिवलिंगमा चढाउँदा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । यसै विश्वासले कोरोना कहर कम भएपछि भक्तजनहरु मन्दिरमा पूजा गर्न पुगेका छन् । बागलुङको शिव मन्दिरमा श्रावणकाे पहिलो साेमवार भक्तजनकाे घुइँचो लागेको छ ।

श्रावणकाे पहिलो साेमबारकम दिन बागलुङको प्रसिद्ध शिव मन्दिर गाैरीधाममा भक्तजनहरूकाे घुइँचो लागेको छ । बागलुङ नगरपालिका वडा ४ गाैरीधाममा बिहान देखि नै भगवान शिवको पुजा अर्चना गर्ने भक्तजनकाे लाइन नै लागेको छ ।

झण्डै दुई बर्ष बिश्वब्यापी महामारीको रूपमा फैलिएको काेराेना भाइरस काेभिड १९ का कारण मन्दिरमा पुजा गर्न नपाएका भक्तजनहरूले यसपटक भने लाइनमा बसेर पुजा गर्न पाएकाे स्थानीय भक्तजनले बताए ।

गाैरीधाम मन्दिर ब्यबस्थापन समितिले मन्दिरमा पुजा गर्न सहज हाेस भनेर नेपाल प्रहरी र स्थानीय स्वंयसेवक समेत परिचालन गरेर पुजा गर्ने वातावरण बनाएको गाैरीधाम मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र जिसीले बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here