राष्ट्रपति रनिङ शिल्डः बागलुङका बादलले जिते एथलेटिक्समा रजत पदक

बागलुङ, ३० असार । काठमाडौंमा जारी १२ औं राष्ट्रपति रनिङ शिल्डमा गण्डकी प्रदेशले छात्र एथेटिक्समा रजत पदक जितेको छ ।

बिहिबार रशरथ रङ्गशालामा सम्पन्न ३००० मिटर दौडमा गण्डकी प्रदेशका बादल कार्कीले रजत पदक दिलाएका हुन् । उनले ९ मिनेट ४० सेकेण्डमा दौड पुरा गर्दै रजत पदक जितेको गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले जानकारी दिए ।

गण्डकी प्रदेशका लागि एथलेटिक्समा रजत पदक जित्ने बादल बागलुङ काठेखोला गाउँपालिकाका हुन् । उनी काठेखोला गाउँपालिका–७ रेशको रेश नुन्थला माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here