
दिवस कंडेल
बागलुङ, २१ माघ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ५ विहुँमा बिहिबार राती हिमपात भएको छ । विहुँमा यस वर्ष दोस्रो पटक हिमपात भएको हो । हिमपातका कारण चिसो निकै बढेको छ । चिसोको कारण स्थानीयको जनजीवन प्रभावित बनेको छ ।
यस्तै विहुँमा हिमपात भएपछि स्थानीय सहित छिमेकी वडा र बागलुङ बजारबाट हिऊँ खेल्न पुगेका छन् ।