काठेखोलाका विद्यालय माघ १५ गतेसम्म बन्द हुने

बागलुङ, ३० पुस । काठेखोला गाउँपालिका भित्रका विद्यालयहरु माघ १५ गतेसम्म बन्द हुने भएका छन् ।

गाउँपालिकाले बिहिबार विज्ञप्ती निकालेर तिब्र गतिमा कोभिड–१९ को संक्रमण बढिरहेकोले पुस २९ गतेदेखि माघ १५ गतेसम्म गाउँपालिका भित्रका सम्पूणर्् विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

शिक्षा अधिकृत रमा उचैले विज्ञप्ती जारी गर्दै कोभिड–१९ को संक्रमण तिब्ररुपमा फैलिरहेको अवस्था रहेकाले बालबालिकाको स्वास्थ्इ सुरक्षा तथा बचावतको विषयलाई विशेष ध्यान दिँदै पालिका भित्रका सम्प्ूर्ण आधारभूत तथा माध्यमिक विद्यालयहरुमा बार्षिक विदामा मिलान हुने गरी विदा दिइएको जानकारी दिनुभएको छ ।

विज्ञप्ती

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here