अवैध हतियारसहित एक पक्राउ

कास्की, ९ पौष । अवैध हतियारसहित कास्की प्रहरीले पोखराबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीकाे माछापुच्छ्र्रे गाउँपालिका वडा नं.५ रिभान बस्ने वर्ष ३४ का गणेश गुरुङ रहेकाे कास्कीका प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

पोखरा महानगरपालिका वडा नं.३२ मजुवाबाट एकनाले भरुवा बन्दुक एक थान, सोही बन्दुकमा लाग्ने केप एक थान र बारुद १५ ग्रामसहित गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

गस्तीमा खटिएको इलाका प्रहरी कार्यालय सिसुवा र वडा प्रहरी कार्यालय गगनगौँडाको प्रहरी टोलीले बन्दुक, केप र बारुद बोराभित्र लुकाइछिपाई लिएर हिँडिरहेको अवस्थामा गुरुङलाई पक्राउ गरेको हो । पक्राउ परेका गुरुङलाई हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here