शैक्षिकस्तर वृद्धिका भीमापोखरामा ५ दिने कार्यमुलक अनुसन्धान कार्यशाला सुरु

बागलुङ, २ पौष । काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराका विद्यालयहरुको शैक्षिकस्तर वृद्धिका लागि शिक्षकहरुलाई ५ दिने कार्यमुलक अनुसन्धान कार्यशाला सुरु भएको छ ।

विद्यालय शैक्षिक सुधार योजनाको आयोजनामा शुक्रबारदेखि सुरु भएको कार्यशालाको उद्घाटन पछि बोल्दै वडा अध्यक्ष विद्यापति शर्माले तालिममा लगनशिल भई सहभागि हुन आग्रह गर्नुभएको थियो । उहाँले विद्यार्थीहरु देशका कर्णधार भएकाले उनीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न र असल बाटो हिडाउनको लागि शिक्षकहरुको महत्वपूर्ण भूमिका हुने भएकाले शैक्षिकस्तर वृद्धिका लागि उक्त तालिम फलदायी हुने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले वडा कमिटी भीमापोखराका सचिव ऋषिराम शर्मा, नेपाली काँग्रेस वडा समिति भीमापोखराकी सचिव विष्णु थापा, राप्रपा भीमापोखराका अध्यक्ष मान बहादुर कार्की र तालिमका सहायक प्रशिक्षक होमनाथ गौतमले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

भीमापोखराका १६ जना शिक्षकहरुको सहभागिता रहेको कार्यशालाको सहजिकरण प्रशिक्षक चन्द्र बहादुर खड्का र सहायक प्रशिक्षक होमनाथ गौतमले गर्नुहुने भएको छ ।

विद्यालय शैक्षिक सुधार योजना उपभोक्ता समिति काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराका अध्यक्ष टिका बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत कोषाध्यक्ष जमुना के.सी. र संचालन निरिक्षण समितिका संयोजक अनिल शर्माले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here