राष्ट्रिय महिला भलिबल टिमको घोषणा, बागलुङकी साफिया समावेश

बागलुङ, २७ मंसिर । बंगलादेशमा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपका राष्ट्रिय महिला टिमको घोषणा भएको छ ।

नेपाल भलिबल संघले आइतबार अरुणा शाहीको कप्तानीमा सेन्ट्रल जोन खेल्ने १२ सदस्यीय टिम घोषणा गरेको हो ।

बन्द प्रशिक्षणमा रहेका १५ खेलाडीबाट संघले अन्तिम चरण १२ सदस्यीय टिम घोषणा गरेको हो ।

लक्ष्मी चन्दले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएकी छिन् । यस्तै कृपा अधिकारी र मनिषा चौधरीले पुनरागमन गरेकी छिन् । बागलुङकी साफिया पुनले पनि टिममा स्थान बनाएकी छिन् ।

१५ सदस्यीय टोलीमा यसपटक यसअघि राष्ट्रिय टोलीमा नियमित रहेकी निरुता ठगुन्नाले राष्ट्रिय टोलीमा स्थान बनाउन सकिनन् । कविता भट्ट र सरस्वती जैसी पनि अन्तिम टोलीमा पर्न सकेनन् ।

महिला र पुरुषको च्याम्पियनसिप पुस ६ देखि १४ गते सम्म बंगलादेशको ढाका आयोजना हुदैछ । नेपाली महिला टोलीले २०१९ को सेन्ट्रल जोनको उपाधि जितेको थियो ।

महिला भलिबलको अन्तिम टोली:
प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, साफिया पुन, सुनिता खड्का, मनिषा चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, सलिना श्रेष्ठ, अरुणा शाही र कृपा अधिकारी

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here