गल्कोटलाई दोस्रो ऋषिङ्ग अध्यक्ष कपको उपाधि

बागलुङ, २३ मंसिर । तनहुँ जिल्लाको ऋषिङ्ग गाउँपालिकामा भएको दोस्रो ऋषिङ्ग अध्यक्ष कपको उपाधी गलकोट नगरपालिकाले चुमेको छ । बुधबार भएको फाइनल खेलमा गल्कोटले शुक्लागण्डकी नगरपालिकालाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

प्रतिस्पर्धात्मक खेलमा गल्कोटले शुक्लागण्डकीलाई पहिलो सेटमा २५–२१ को स्कोरमा पराजित गर्दै विजयी यात्रा सुरु ग¥यो । दोस्रो सेटमा खेल सुर्धादै शुक्लागण्डकी विजयी भयो । शुक्लागण्डकीले गल्कोटलाई २५–२२ को स्कोरमा पराजित गरेको हो । तेस्रो सेटमा गल्कोटले शुक्लागण्डकीलाई २५–२१ को स्कोरमा पराजित गर्दा चौथो सेटमा शुक्लागण्डकीले निकै उत्कृष्ट प्रर्दशन गर्दै २५–१५ को स्कोरमा जित दर्ता ग¥यो । पाँचौ सेटमा गल्कोटले शुक्लागण्डकीलाई १५–१२ को स्कोरमा पराजित गर्दै ऋषिङ अध्यक्ष कपको उपाधि रक्षा गरेको हो ।

बुधबार नै विरुवा गाउँपालिका स्याङ्जाले तनहुँकै भिमाद नगरपालिकालाई पराजित गर्दै तेस्रो स्थान प्राप्त गरेको छ ।

उपाधि जितेको गल्कोट नगरपालिकाले १ लाख ४० हजार रुपैयाँ प्राप्त गर्यो भने उपविजेता शुक्लागण्डकी नगरपालिका तनहुँले १ लाख र तेस्रो भएको विरुवा गाउँपालिकाले ६० हजार रुपैयाँ प्राप्त गर्यो ।

प्रतियोगितामा उत्कृष्ट सेटर गलकोट नगरपालिकाका मीन सुनार, उत्कृष्ट सर्भर गलकोटका राजु बिक, उत्कृष्ट डिफेन्डर बिरुवा गाउँपालिकाका सन्दीप खड्का, बेस्ट स्पाइकरमा प्रदिप गुरुङ चुनिएका थिएभने सर्बोकृष्ट खेलाडी गलकोट नगरपालिकाका प्रकाश सुनार घोषित भए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here