युथ च्याम्पियनसिपमा बागलुङका कार्कीले जिते स्वर्ण पदक

बागलुङ, २२ मंसिर । काठमाडौंको दशरथ रंगशालामा भएको युथ एथलेटिक्स च्याम्पियनसिपको यू १६ ब्वाइज ८ सय मिटर दौडमा बागलुङका बादल कार्कीले स्वर्ण पदक जितेका छन् ।

एथलेटिक्स परिवार नेपालले आयोजना गरेको दुई दिने प्रतियोगिताको अन्तिम दिन मंगलबार भएको यू १६ ब्वाइज ८ सय मिटर दौडमा बागलुङ जिल्लाको काठेखोला गाउपालिका–७ रेशका कार्कीले २ मिनेट ७.८४ सेकेन्डमा दौड पुरा गर्दै स्वर्ण पदक जितेका हुन् । यस्तै कपिलबस्तुका सुदीप थारु (२ मिनेट ११.१९ सेकेन्ड)ले रजत र काठमाडौंका आर्यन राई (२ मिनेट १२.२७ सेकेण्ड)ले कास्य पदक जिते ।

प्रतियोगितामा ब्वाइज/गल्र्स ३ हजार मिटर दौड, यू २० ८ सय मिटर दौड, १ सय मिटर दौड, यू १६ ८ सय मिटर दौड, एक सय मिटर दौड र ६० मिटर दौड भएको थियो । च्याम्पियनसिपमा बंगलादेशका ८ तथा नेपालका ४५ जिल्लाका गरि ४ सय बढी खेलाडीको सहभागिता रहेको एथलेटिक्स परिवारले जानकारी दिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here