गोरखाको बुढीगण्डकी नदीमा खसेर बाग्लुङका घर्ती बेपत्ता

गोरखा, १५ मंसिर । चुमनुव्री गाउँपालिका–४ गपस्थित भीरबाट बुढीगण्डकीमा खसेर एक पुरुष बेपत्ता भएका छन् ।

बागलुङ निसिखोला गाउँपालिका–६ का घर भएका ४१ वर्षीय वीरबहादुर घर्ती भीरबाट खसेर बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएकाे छ ।

सिर्दिवासबाट खच्चडमार्फत उपभोग्य सामाग्री पुर्‍याउन नामरुङ हिँडेका घर्ती गपस्थित साँघुरोबाटोबाट झन्डै डेढसय मिटर तल बुढीगण्डकीमा खसेर बेपत्ता भएकाे गोरखाका डिएसपी प्रकाश दाहालले जानकारी दिए । घर्ती उत्तरी क्षेत्रमा खच्चड धपाउने काम गर्दै आएका थिए ।

स्थानीय लार्के प्रहरी चौकीबाट खटि गएको प्रहरी टोलीले बुधबार बिहानबाट स्थानीयको सहयोगमा बेपत्ताको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here