काँग्रेस बागलुङको सभापतिमा शेरचन विजयी

बागलुङ, १४ मंसिर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत बागलुङ जिल्ला सभापतिमा जित बहादुर शेरचन विजयी हुनुभएको छ ।

मंगलबार विहान सम्पन्न मत गणनाको परिणाम अनुसार शेरचनले ८ सय ७३ मत प्राप्त गर्दै सभापति पदमा विजयी हुनुभएको हो । उनका प्रत्यासी जगदिशचन्द्र उपाध्यायले ७ सय ६८ मत प्राप्त गर्नुभएको थियो ।

जिल्ला सभापति पदको लागि जगदिश चन्द्र उपाध्याय, जित शेरचन र दोर्ण कुँवर (तीन जना)को उम्मेदवारी परेको थियो । पहिलो चरणको निर्वाचनमा तीन जनाले नै ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि आईतबार पुनः सवैभन्दा धेरै मत प्राप्त गर्ने (जगदिशचन्द्र उपाध्याय र जित शेरचन) दुई जना विच निर्वाचन भएको थियो ।

सभापतिमा निर्वाचित शेरचन कृष्णप्रसाद सिटौला समुहको हुनुहुन्छ । उहाँलाई संस्थापन समुह (शेरबहादुर देउवा)को समूहले सहयोग गरेको थियो । पराजित उपाध्याय रामचन्द्र पौडेल समूहको हुनुहुन्छ ।

सभापति पदमा पराजित भएपनि पौडेल समूहका उम्मेदवारहरु अधिकांश पदमा निर्वाचित हुनुभएको छ ।

यस्तै उपसभापति पदमा तारानाथ पौडेल र सागर छन्त्याल विजयी भएका छन् । यस्तै सचिवमा हरिहर शर्मा र गण्डकी थापा अधिकारी, सहसचिवमा फम बहादुर खत्री र ज्ञान कुमारी श्रीस शर्मा निर्वाचित हुनुभएको छ ।

यस्तै खसआर्य तर्फ महिला सदस्यमा किरण थापा, सीतादेवि सापकोटा कँडेल, खस आर्य तर्फ खुल्ला सदस्यमा कृष्ण बहादुर घिमिरे, देवेन्द्र पौडेल, यदुराम सापकोटा , आदिवासी जनजाति तर्फ खुल्ला सदस्यमा मन बहादुर पुन, हर्कमान घर्ती मगर, हिरा बहादुर घर्ती मगर काउचा, दलित तर्फ महिला सदस्यमा धनमाया बिक, बिमला सुनार, दलित तर्फ खुल्ला सदस्यमा राजकुमार सुनार, राम प्रसाद बिक, अपाङ्ग अल्पसंख्यक तर्फ खुल्ला सदस्यमा चुडामणी छन्याल निर्वाचित हुनुभएको छ ।

बागलुङ नगरपालिका तर्फ महिला सदस्यमा लक्ष्मी जैसी, बागलुङ नगरपालिका तर्फ खुल्ला सदस्यमा टिकाराम थापा महेन्द्र, नारायण प्रसाद श्रेष्ठ, जैमिनि नगरपालिका तर्फ खुल्ला सदस्यमा पुरन श्रीस, विष्णु प्रसाद आचार्य, गलकोट नगरपालिका तर्फ महिला सदस्यमा मन्जु शर्मा चालिसे निर्वाचित हुनुभएको छ ।

यस्तै ढोरपाटन नगरपालिका तर्फ महिला सदस्यमामा सीता कुमारी शर्मा शितल, ताराखोला गाउँपालिका तर्फ खुल्ला सदस्यमा हरि सुवेदी, ताराखोला गाउँपालिका तर्फ महिला सदस्यमा चन्दकली रोका पुन मगर, काठेखोला गाउँपालिका तर्फ खुल्ला सदस्य तर्फ गोविन्द प्रसाद शर्मा कँडेल निर्वाचित हुनुभएको छ ।

यस्तै केन्द्रिय महाधिवेशन प्रतिनिधि अपाङ्ग तर्फ जगुपती कँडेल, प्रदेश प्रतिनिधि अपाङ्ग तर्फ गणेश आचार्य निर्वाचित भएको निर्वाचन अधिकुत बिष्णु प्रसाद शर्माले जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here