
बागलुङ, १३ मङ्सिर । बलेवामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
कैयाबाट कुश्मीशेराका लागि हिँडेको ध १ च ३६० नम्बरको ट्याक्टर कालिगण्डकी करिडोरको बलेवा–कुश्मीशेरा खण्डमा दुर्घटना भएको हो ।
कैया भीरमा ध १ त ३६ नम्बरको ट्याक्टर खसेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक इकवाल हवारीले दुई जनाको मृत्यु भएको पुष्टी गर्नुभयो ।
दुर्घटनामा घाइते जैमिनी नगरपालिका भण्डारका १३ वर्षीय सुदीप केसीलई उपचरको लागि पर्वत अस्पताल लागि पठाइएको छ ।
मृतकहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।