ड्रोनबाट एमाले महाधिवेशन नियाल्दा

चितवन, १० मंसिर । नेकपा (एमाले)को १० औँ महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ । चितवनको नारायणी नदी किनारमा १० औँ महाधिवेशनको उद्घाटन सत्रमा सरिक हुन देशभरबाट नारायणी नदी किनारमा महाधिवेशन पदाधिकारी, नेता तथा कार्यकर्ताहरुको ठूलो संख्यामा भीड लागेको छ ।

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रिय झन्डा, पार्टीको चिह्न तथा चुनाव चिह्न अंकित तीनवटा झन्डाहरू सँगै झन्डोत्तोलन गरेर उद्घाटन गरेका छन् । उनले झन्डोत्तोलन गरे लगत्तै महाधिवेशनको मस्कटको पनि औपचारिक अनावरण गरेका थिए ।

उद्धघाटन कार्यक्रममा भारतलगायत विभिन्न छिमेकी मुलुकबाट समेत प्रतिनिधिको सहभागिता रहेको छ । यस्तै, नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबाहदुर देउवा लगायत अन्य पार्टीका नेताहरुको समेत सहभागिता रहेको छ ।

महाधिवेशनको उद्घाटन सत्रको ड्रोनबाट खिचिएको केहि तस्विरहरुः

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here