महिला हिंसाको अवस्था

टिका बहादुर कार्की
आज २५ नोवेम्वर २०२१, महिला हिंसा बिरुद्धको अन्तर्राष्ट्रिय दिवस । फेरी पनि कागजी घोडामा सिमित भैरहने सम्भावना । समग्रमा समाज जतिसुकै शिक्षित, बिकसित र सम्पन्नशाली हँुदै जाँदा पनि आधा आकाश÷पाताल ढाकिरहेका महिला बर्गमाथि बिभेद, शोषण र दमनका साथै शारीरिक तथा मानसिक यातना भैरहँदा त्यो समाज महिला हिंसाग्रस्त समाजनै कहलिन्छ, न कि बिकसित । एक तिहाईबाट कोभिड–१९ को कारण दुई तिहाई महिला हिंसाको चपेटामा परिरहेको संयुक्त राष्ट्रसंघको प्रतिवेदनबाट महिला बिरुद्धका हिंसात्मक घटना मानव सभ्यता बिकासको क्रममा चुनौतीका संकेत हुन् । रिपोर्ट अनुसार महिला बिरुद्धका हिंसा मध्य सबैभन्दा बढी “मौखिक हिंसा” ५० प्रतिशत, यौन दुव्र्यवहार ४० प्रतिशत, शारीरिक शोषण ३६ प्रतिशत, ३५ प्रतिशतलाई आधारभुत आवश्यकताबाट बन्चित गराईएको, ३० प्रतिशत आधारभुत संचारको माध्यमबाट बन्चित गराईएको पाईन्छ भने १० जनामध्ये ७ जना महिला समुदायबाट हुने महिला हिंसाबाट पिडित देखिन्छन् ।

परम्परागत संस्कारजन्य व्यवहारिक अबस्थाबाट गुज्रिरहेको हाम्रो समाजमा महिला स्वभावैले घर गृहस्ती समाल्दै पारिवारिक तथा सामाजिक संस्कारको संरक्षण र संचालनमा पुरुष भन्दा सकृय रहंदा रहंदै पनि उनीहरु पुरुषकै सहयोगीमा सिमित छन् । पुरुष सदस्यलाई खानपिन लगायतको व्यवस्था मिलाएर मात्र आफ्ना केही ब्रत र पुजामा सहभागी हुन पाउनु उनीहरुको बाध्यता जस्तै छ । रोजगारी तथा पेशा व्यवसायमा संलग्न रहंदा पनि घर धन्दा र व्यवहार धान्ने काम महिलाबाट भैरहेको अवस्थालाई नजरअन्दाज गर्न कदापी मिल्दैन । तर, रोजगारी वा अन्य पेशा व्यवसायमा संलग्न एकाध पुरुष बाहेक अधिकांश घर धन्दामा चासो राख्दैनन् । बरु श्रीमति वा घरका अन्य महिलाजनको सहयोगमा बांचीरहेका हुन्छन् । व्यस्त वा बेरोजगार नै किन नहोस् पुरुषले घरको काममा सबैभन्दा बढी आफ्नै श्रीमती र केहि मात्रामा अन्य महिलाको शोषण गरिराखेको अवस्था छ ।

जन्मैदेखि घर धन्दा समालेर पुरुष तथा घरका सदस्यलाई खुसी पार्ने संस्कार ग्रहण गरेर बिवाह पश्चात दुलही बनेर पतिका घरमा प्रवेश गरेपछी व्यहोर्नुपर्ने बुहार्तन महिलाका लागी कति पिडादायी हुँदो रहेछ भन्ने कुरा हामी सबैले बुझि रहँदा पनि राष्ट्रिय, अन्तर्राष्ट्रिय सहयोग अभियान, नियम कानुन, बिधि बिधानले हालसम्म प्रभावकारी सुधारको संकेत देखाउन सकेका छैनन् । एकाध सुचनामुलक सभा, गोष्टी र समाचारले घरेलु तथा लैंगिक हिंसाबाट पिडित महिला जिवनमा परिवर्तन आउनेवाला छैन । शिक्षित र सक्षम महिला मात्र सहभागी कर्मकान्डी कार्यक्रमले अधिकांश महिलालाई घर परिवार, समाज, कार्यस्थल, यात्रा, नेतृत्वका लागी प्रतिस्प्रधा हुने स्थल र सबै किसिमका सार्वजनिक स्थलमा सुरक्षा, समानता तथा स्वाभिमानको आभास दिलाउन सकेको पाईदैन ।

यस १६ दिने अभियान देशभित्र कुना कुनामा रहेका गाउँ घरका महिला तथा पुरुषलाई शिक्षा तथा सुधारका सुचक उपलव्ध गराउदै महिला बिरुद्ध हुने बोली बचन, व्यवहारका साथै शारीरिक तथा मानसिक शोषणबाट मुक्ति दिलाउन अगुवा महिला र पुरुषको सकारात्मक बिचार, सकृय सहयोग र उदाहरणीय सहकार्यको आवश्यकता छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here