काठेखोलामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

बागलुङ, ९ मंसिर । ‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नारासहित आजदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बागलुङको काठेखोला गाउँपालिकामा पनि सुरु भएको छ ।

काठेखोला गाउपालिकाको आयोजनामा बिहिबार (आज) एक कार्यक्रम गरि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवात गरिएको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुर्ण बहादुर कार्कीले लैङ्गिक रुपमा विशेष गरि महिला माथि हिंसा भएको देखिने भएपनि पछिल्लो समय हिंसाबाट पुरुषहरु पनि सिकार भइरहेको बताउनुभयो । उहाँले लैङ्गिक हिंसाका घटना हुन नदिन तथा न्युनीकरण गर्नका लागि समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाले घरेलु तथा महिला हिंसा घटाउन महिलाहरुलाई विभिन्न पेशा तथा व्यवसायमा आबद्ध गराएर उनीहरुलाई आर्थिक रुपमा सशक्त र आत्मनिर्भर बनाउनुपर्ने बताउनुभयो ।

गाउँपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सवै वडाहरुमा लैङ्गिक हिंसा विरुद्धका पर्चा, पम्प्लेट वितरण गर्ने भएको छ ।

काठेखोला गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य सम्झना बोहोराको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत काठेखोला गाउँपालिका शिक्षा शाखा प्राविधिक सहायक मनुदेवी शर्मा र संचालन महिला तथा बालबालिका शाखाकी सहायक महिला विकास निरिक्षक रश्मी गौतमले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here