बागलुङमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा विविध कार्यक्रम गरिने

बागलुङ, ८ मंसिर । बिहिबारदेखि सुरु हुने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा बागलुङमा पनि विविध कार्यक्रमहरु गरिने भएको छ ।

बुधबार जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाको अध्यक्षतामा बसेको सरोकारवाला संघसंस्थाहरुको बैठकले ‘घरैबाट सुरु गरौँ, महिला हिँसा अन्त्य गरौँ’ भन्ने नाराका साथ १६ दिनसम्म विविध कार्यक्रम गरि अभियान संचालन गर्न निर्णय गरेका हुन् ।

बैठकले बिहिबार पहिलो दिन विहान बागलुङ बजारमा र्याली र सेतो रिबन वितरण गर्ने निर्णय गरेको छ ।

दोस्रो दिन मंसिर १० गते नेपाल बार एशोसियसन बागलुङ उच्च अदालतले मानव सेवा आश्रममा रहेका व्यक्तिहरुलाई एक छाक खाना खुवाउने, १२ गते जिल्ला प्रहरी कार्यालय बागलुङ र उद्योग वाणिज्य संघले बागलुङ बजारका चोकमा डकुमेन्ट्री प्रदर्शन गर्ने र १३ गते बारले अनुशिक्षण गर्ने बैठकले निर्णय गरेको सामाजिक विकास कार्यालय बागलुङका प्रमुख डम्मर जिसीले जानकारी दिनुभयो ।

यस्तै १४ गते महिला सहकारी संस्थाहरुले महिला सहकारीहरुबीच अन्तरक्रिया गर्ने, १५ गते धौलागिरी अस्पताल र नेपाल रेडक्रसको संयोजनमा रक्तदान कार्यक्रम, १६ गते धौलागिरी अस्पतालको संयोजनमा मानव सेवा आश्रममा रहेका व्यक्तिहरुको स्वास्थ्य परीक्षण र १७ गते अपाङ्गता भएका व्यक्तिहरुको सवालमा कार्यक्रम गरिने भएको छ ।

यस्तै १८ गते धौलागिरी अस्पतालको संयोजनमा ओरिन्टेशन कार्यक्रम, १९ गते बागलुङ नगरपालिकाको आयोजनामा वक्तित्वकला प्रतियोगिता, १९ गते नै धौलागिरी अस्पतालमा रहेका विरामी कुरुवालाई सचेतना कार्यक्रम, २० गते अन्तरपार्टी महिला सञ्जालको आयोजनामा अन्तरक्रिया कार्यक्रम, २१ र २२ गते नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाको आयोजनामा काठेखोला गाउँपालिका र ताराखोला गाउँपालिकामा अनुशिक्षण कार्यक्रम, २३ गते बारको संयोजनमा सचेतना, २४ गते सामाजिक विकास कार्यालयमा समीक्षा गरि लैङ्गिक हिँसा विरुद्धको १६ दिने अभियान समापन गरिनेछ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here