सूचना प्रविधिको क्षमतामा काठेखोला बागलुङकै नम्बर एक

बागलुङ, ७ मंसिर । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका सुचना प्रविधिको क्षमतामा जिल्लाकै नम्बर एक घोषित भएको छ ।

काठेखोला गाउँपालिका संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तरतग स्थानीय तहको सूचना प्रविधि क्षमताको लेखाजोखा मूल्याङ्कनमा जिल्लाकै उत्कृष्ट घोषित भएको हो । मन्त्रालय अन्र्तगतको सूचना तथा प्रविधि शाखाले हालै सार्वजनिक गरहेको मूल्याङ्कन प्रतिवेदनका आधारमा जिल्लाको १० पालिका मध्ये काठेखोला गाउँपालिकाले सबैभन्दा बढी ६० अंकभार प्राप्त गरेको छ ।

गाउँपालिका भित्रका विद्यालयमा सिसि क्यामेरा जडान, कार्यालय विद्युतिय हाजिरी, बैंकल्पिक उर्जाका लागि सोलार, इन्टरनेट पहुँच, वेबसाईट व्यवस्थापन लगायतका विषयमा पालिकाले ६० अंकभार प्राप्त गरेको गाउँपालिका अध्यक्ष अमर बहादुर थापाले बताउनुभयो । उहाँले गाउँपालिकाले पालिकाको डिभिजन प्रोफाइल समेत बनाइसकेको बताउनुभयो ।

बागलुङ जिल्लाका काठेखोला गाउँपालिका पछि निसीखोला गाउँपालिकाले ५२ अंक प्राप्त गर्दै जिल्लामा दोस्रो स्थान प्राप्त गरेको छ । यस्तै बरेङ गाउँपालिकाले ४९, तमानखोला गाउँपालिकाले ४५ र ढोरपाटन नगरपालिकाले ४१ अंक प्रापत गरेका छन् ।

बागलुङ जिल्लाका अन्य पाँच पालिका बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गल्कोट नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकाले विवरण नै उल्लेखन नगरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

पालिकाको सूचना प्रविधि संगको सामिप्यता, सूचना प्रविधि सम्बन्धी संस्थागत क्षमता र सूचनासंग जोडिएका नागरिकको सेवाका विषयका आधारमा पालिकालाई अंक प्रदान गरेको थियो ।

नेपाल भरका ७५३ तहमध्ये ४३४ वटा स्थानीय तहले मात्र विवरण भरेका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here