बागलुङमा नेपाल बन्दको प्रभाव, बजार सुनसान

बागलुङ, ३० कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दको बागलुङमा पनि प्रभाव देखिएको छ ।

इन्धनमा गरिएको अस्वभावित मूल्यबृद्धिको विरोधमा आज गरिएको बन्दका कारण बागलुङका सडकमा सार्वजनिक सवारी साधन चलेका छ्रैनन् । यस्तै बागलुङ बसपार्कबाट छुट्ने लामो दूरीका यातायातका साधनसमेत चलेका छ्रैनन् ।

आज विहानैदेखि बागलुङ बजारको मुख्य चोक र संवेदनशिल क्षेत्रहरुमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

बन्दको कारण बजार क्षेत्रका धेरै पसलहरु बन्द छन् । यस्तै विद्यालयहरु बन्द भएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here