सिसि क्यामेरा विहिन बागलुङ बजार

बागलुङ, २५ कात्तिक । बागलुङ जिल्लाका मुख्य व्यापारी केन्द्र बागलुङ बजार सिसि क्यामेरा विहिन भएको छ ।

सात बर्ष अघि बजारको विभिन्न क्षेत्रमा स्थापना गरेका सिसि क्यामेरा विग्रिए पछि त्यसको मर्मत नहुँदा बजार क्षेत्रको कुनै पनि ठाउँमा क्यामेरा नभएको हो । वि.स २०७१ साल फागुनमा उद्योग वाणिज्य संघ, बागलुङ नगरपालिका र जिल्ला प्रहरी कार्यालयका सहकार्यमा राखिएका २९ वटा क्यामेरा झिकेर उद्योग वाणिज्य संघको कार्यालयका राखिएको छ । सबै क्यामेरा काम नलाग्ने भएका छन् ।

क्यामेरा नहुँदा चोरी, लुटपाट लगायतका अपराधिक क्रियाकलपको अनुसन्धानमा समस्या भएको छ । ‘दिनदाहडै पसल बाहिरको कपडा निकालेर हिड्छन् चोर पत्ता लगाउन कठिन हुन्छ’ फेन्सी व्यवसायी जीवनाथ गौतमले भन्नुभयो–‘अपराध नियन्त्रणको लागि सिसि क्यामेरा आवश्यक छ ।’

बिग्रिएका क्यामेरा मर्मत गर्नुपर्ने, स्थान्तरण गर्नु पर्ने र नयाँ राख्नुपर्ने भएको हुँदा चोक चोकमा राखिएको पुराना सिसिटिभि क्यामेरा निकालेको े बागलुङ नगरपालिका–२ का वडा सदस्य अर्जुन घिमिरेले बताउनुभयो ।

बागलुङ नगरपालिका, उद्योग वाणिज्य संघ र प्रहरीको सहकार्यमा जति सक्दो छिटो बीस वटा नयाँ क्यामेरा जडानका लागी प्रक्रिया सुरु भएको घिमिरेले जानकारी दिनुभयो । । नयाँ क्यामेरा सञ्चालनको लागि तीस लाख रुपियाँ लागत स्टिमेट तयार भएको छ ।

सिसिटिभी सञ्चालन गर्न जिल्ला स्थित सरोकारवाला निकायसँग सहकार्य भैरहेको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवाली बताउनुभयो । उद्योग वाणिज्य सघले बागलुङ महोत्सवको आयोजनाबाट बचेको पैसाले सिसि क्यामेरा जडान गरेको थियो ।

विग्रिएका क्यामेराको मर्मत गर्न नगरपालिकालाई पटक पटक आग्रह गर्दा अटेर गरे पछि बजार क्षेत्र सिसि क्यामेरा विहिनको अवस्थामा पुगेको उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जयराम भारीको भनाई छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here