बागलुङको लाम्मेलाबाट म्याग्दी जाँदै गरेको जिप दुर्घटना हुँदा ४ जना घाईते

बागलुङ, २३ कार्तिक । बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–४ लाम्मेलाबाट म्याग्दीको दरबाङ जाँदै गरेको बोलेरो जिप मंगलबार दुर्घटना हुँदा चार जना घाईते भएका छन् ।

ध १ च १९५ नम्बरको निजी बोलेरो जिप म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको ढोरढोरेमा दुर्घटना हुँदा तमानखोला गाउँपालिका–४ की ७२ बर्षिया पोपसरा बुढा मगर, १३ बर्षिय हेलिस बुढा मगर, २० बर्षिय मिलन बुढा मगर र ४२ बर्षिया टकसरा बुढा मगर घाईते भएको ईलका प्रहरी कार्यालय दरबाङका प्रमुख प्रहरी निरिक्षक सन्तोष पौडेलले जानकारी दिनुभयो ।

उहाँले घाईते सवैलाई उपचारको लागि प्रभु हेलिकप्टरबाट काठमाडौं स्थित शिक्षण अस्पताल लगिएको बताउनुभयो ।

जिपमा चालक सहित ७ जना सवार रहेका थिए । अन्यको अवस्था सामान्य रहेको प्रनि पौडेलले बताउनुभयो । जिप ब्रेक फेल भएर अनियन्त्रित भई सडकको भित्तामा ठोकिन पुगेको स्थानीयले जानकारी दिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here