
बागलुङ, २२ कार्तिक । बागलुङ जिल्लामा पहिलो पटक गण्डकी प्रदेश स्तरीय रोटरी युथ लिडरसिप अवार्ड हुने भएको छ । रोटरी डिस्ट्रिकको आयोजना तथा रोटरी क्लब अफ बागलुङको संयोजनमा कार्तिक २४ गतेदेखि २७ गतेसम्म रोटरी युथ लिडरसिप अवार्ड (राइला) कार्यक्रमको आयोजना हुने भएको हो ।
रोटरी क्लब अफ बागलुङले आज (सोमबार) पत्रकार सम्मेलन गरी गण्डकी प्रदेशका १८ रोटरी क्लबको सहभागितामा रोटरी युथ लिडरसिप अवार्ड (राईला) कार्यक्रम हुने जनाएको हो ।
रोटरी क्लवले विश्वमा ६२ वर्ष देखि शुरु गरेको युवा नेतृत्व चयन गरी पुरस्कार प्रदना गर्ने राइला कार्यक्रम नेपालमा समेत आयोजना गरिरहेको छ । जस अन्र्तगत यस पटक गण्डकी प्रदेश स्तरीय कार्यक्रम बागलुङमा आयोजना गरिएको हो । रोटरी क्लवलको कार्यक्रम अन्र्तगत बागलुङमा गण्डकी प्रदेश स्तरीय राइला कार्यक्रम आयोजना गरिएको रोटरी क्लव अफ बागलुङका अध्यक्ष सन्जय कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका १८ रोटरी क्लवबाट बढीमा चार जनादेखि न्यूनतम २ जना र बागलुङबाट १० जना गरी ६० जना १४ वर्ष देखि १६ वर्ष सम्मका युवाहरुको सम्मेलनमा सहभागी गराइन थालिएको छ ।
सम्मेलनमा युवा नेतृत्व समेत चयन गरिनेछ । तीन दिने कार्यक्रममा बिहान ६ बजे देखि बेलुका १० बजे सम्म रोटरीले निर्माण गरेको तालिका अनुसार तालिम, सिकाई, छलफल, पर्यटकीय स्थलको भ्रमण, योगा, मार्च पास लगायतका कार्य हुँने राइला कार्यक्रममा संयोजक तथा रोटरी क्लवका पूर्व अध्यक्ष भवनराज बरालले जानकारी दिनुभयो ।
“राइला कार्यक्रमले युवालाई नेतृत्व विकासमा सहयोग पु¥याउदै बगालुङको पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्य हो” संयोजक बरालले भन्नुभयो “सहभागी युवा छनौट सम्बन्धीत जिल्लाको रोटरी क्लवले नै गर्दछ, सहभागी र अतिथिलाई पर्यटकीय स्थल कालिका मन्दिर, लामो पुल, पञ्चकोट र शालिग्राम संग्रहालयको प्रत्यक्ष अवलोकन गराइनेछ ।”
उक्त युथ लिडरसिप अवार्ड कार्यक्रममा रोटरीसंग सम्बन्धीत विज्ञ व्यक्तिहरुले उत्पेरक तथा नेतृत्व विकास सम्बन्धी तालिम प्रदान गर्नुहुँने छ । सहभागीहरुको क्षमता दक्षता र सिकाइको आधारमा युवा नेतृत्व समेत छनौट गरिने छ ।
उक्त राइला कार्यक्रम बागलुङमा गर्न पाउनु रोटरी क्लवका लागि ठूलो अवसर भएको रोटरी क्लव अफ बागलुङका उपाध्यक्ष रामकृष्ण शर्माले जानकारी दिनुभयो ।
कार्यक्रम भव्य रुपमा सम्पन्न गर्नका लागि आर्थिक, अतिथि सत्कार, आवास, यातयात तथा तालिम लगायतका उप–समिति गठन समेत गरिएको छ । कार्यक्रममा रु. पाँच लाखको खर्च अनुमान गरिएको आर्थिक संयोजक तथा रोटरी क्लवका पूर्व अध्यक्ष दयाराम पौडेलले जानकारी दिनुभयो । खर्चको जोहो भने सहभागी क्लव र विभिन्न संघ संस्थाले गर्नेछन् ।
कार्यक्रममा ६० जना युवा सहभागी र ४० जना विभिन्न जिल्लाबाट रोटरीमा आबद्ध अतिथि सहभागी हुँने आयोजकको भनाई रहेको छ ।