२४ घण्टामा १४३ जनालाई कोभिड–१९ संक्रमण पुष्टि, ९ जनाको मृत्यु

काठमाडौं, २१ कार्तिक । पछिल्लो २४ घण्टामा नेपालमा थप १४३ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणमा उल्लेख छ ।

मन्त्रालयका अनुसार कूल दुई हजार ३३३ जनाको नमूना परीक्षण गर्दा १४३ जनामा कोरोना ‘पोजिटिभ’ देखिएको हो । पीसीआर परीक्षणबाट १४१ र एन्टिजेन विधिबाट २ संक्रमित पहिचान भएका हुन् । उक्त अवधिमा कूल एक हजार ९८० जनाको पीसीआर र ३५३ जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो ।

उक्त अवधिमा कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ५६३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here