
काठमाडौं, १२ कार्तिक । प्रहरीले चाँदीका गरगहनासहित एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी चौकी सिर्सियाबाट खटिएको चेकिङ टोलीले बिहीबार पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका-१ का रामबाबु साह सोनारलाई पक्राउ गरेको हो ।
भारतबाट अवैधरूपमा चाँदीका गरगहनाहरु ल्याउँदै गरेको सूचना प्राप्तको आधारमा प्रहरी चौकी सिर्सियाबाट खटिएको चेकिङ टोलीले रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको बीआर २२ एसी ४०९९ नम्बरको पल्सर मोटरसाइकलसहित उनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनले बोकेको रातो ब्यागभित्र चाँदी जस्तो देखिने धातुबाट बनेको तयारी गरगहनाहरू १ केजी ०४५ ग्राम फेला परेको छ ।
उनलाई उक्त चाँदीसहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ










