बागलुङमा देवकोटा जयन्ती मनाइने

बागलुङ, ९ कार्तिक । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्मजयन्ती मनाइने भएको छ । विद्यामन्दिर पुस्तकालयले प्रतियोगितात्मक कविता गोष्ठीसहित विविध कार्यक्रम गरेर देवकोटा जयन्ती मनाउन लागेको हो ।

बर्सेनि तिहारको लक्ष्मीपूजाका दिन देवकोटा जयन्ती मनाइन्छ । यस वर्ष कात्तिक १८ गते जयन्ती परेको छ । पुस्तकालयमा रहेको देवकोटा जयन्ती संयोजन उपसमितिका संयोजक काजी रोशनले जयन्ती समारोहको तयारी अगाडि बढेको बताउनुभयो ।

पुस्तकालयकै सभाकक्षमा समारोह आयोजना गरिने उहाँको भनाइ छ । जयन्तीको अवसर पारेर पुस्तक विमोचन, प्रहसन, चित्रकला प्रदर्शनी आदि गर्न चाहाने सर्जक÷कलाकारलाई पनि समारोहमा स्थान दिइने पुस्तकालयले जनाएको छ ।

विसं २००३ मा स्थापना भएको यस पुस्तकालयले भाषा, साहित्यको उत्थान र प्रवद्र्धनमा टेवा पुग्ने क्रियाकलाप गर्दै आएको पुस्तकालयका अध्यक्ष रामप्रसाद शर्माले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here