धवलागिरी बहुमुखी क्याम्पस संचालन समितिको अध्यक्षमा थापा चयन

बागलुङ, १८ असोज । धवलागिरी बहुमुखी क्याम्पसमा सञ्चालक समितिको गठन गरिएको छ ।

आईतबार बसेको प्रध्यापक र सरोकारवालाको भेलाले त्रिभुवन विश्व विद्यालयको निर्णय अनुसार प्रध्यापक डा. दिनबहादुर थापाको अध्यक्षतामा २१ सदस्य सञ्चालक समिति गठन गरिउको हो ।

समितिको सदस्यमा विभागीय प्रमुखको तर्फबाट गोविन्द प्रसाद कंडेल, डा. सुदर्शन सिलवाल, विप्लभ शर्मा, बुद्धिजीवि टिकाराम सापकोटा, जगन्नाथ आचार्य, समाजसेवी रमेश राजभण्डारी, सहदेव राजभण्डारी, जनप्रतिनिधिको तर्फबाट बागलुङ नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष जीवन आचार्य, अभिभावक विष्णु भुषाल र जयराम भारी, शिक्षक प्रतिनिधिबाट हिरालाल रेग्मी र भक्तिराम न्यौपाने, विद्यार्थीको तर्फबाट स्ववियू सभापति मनिष थापा चयन हुनुभएको छ ।

बाँकी केहि सदस्य पछि मनोनित गरिने अध्यक्ष थापाले बताउनुभयो । सञ्चालक समिति ३५ सदस्यीय बनाइने अध्यक्ष थापाले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here