बागलुङका सबै विद्यालय नियमित सञ्चालन

काठेखोलाको जनकल्याण माविको कक्षा कोठमा सहभागी विद्यार्थी । तस्विरः चन्द्रमणी उपाध्याय/खबरवेडटकम

बागलुङ, ११ असोज । कोरोना त्रासको कारण विगत पाँच महिनादेखि बन्द बागलुङका सबै विद्यालय सञ्चालनमा आएका छन ।

स्थानीय तहका वडा वडामा कोरोना संक्रमित संख्या शुन्य भए पछि विद्यालय सञ्चालनमा आएका हुन ।

दश वटै स्थानीय तहका सामुदायिक तथा निजी विद्यालयमा नियमित पठन पाठन सुरु भएको शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुश्मराज उपाध्याले जानकारी दिनुभयो ।

विद्यार्थी संख्या थोरै हुने विद्यालयले एक चरण र धेरै विद्यार्थी हुने विद्यालयमा दुई चरणमामा पठन पाठन भएको छ । विद्यालय खुले पछि विद्यार्थी तथा अभिभावक खुःसी भएका छन् । साना बालबालिकाको लागी अनलाईन कक्षा प्रभावकारी नहुँदा सिकाई क्रियाकलप प्रभावित भएकोमा अभिभावक चिन्तित थिए थिए ।

‘विद्यालय खुल्यो, खुःसी लागेको छ’ काठेखोला गाउँपालिका–२ का अभिभावक कौशिला विकले भन्नुभयो–‘अनलाईन बसेर सिकाई हुने रैछन । घरबाटै मास्क, सेनिटाईजर तथा खाजाको व्यवस्थापन गरेर बच्चालाई विद्यालय पढाउन थालेको विकले बताउनुभयो ।

बागलुङ नगरपालिका र निसीखोला गाउँपालिकाले गत हप्ता मात्रा विद्यालय खुलाउने निर्णय गरेका थिए । विगत दुई हप्ता यता अन्य आठ स्थानीय तहले विद्यालयको पठन पाठनलाई नियमित गरेका थिए । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले कोरोना संक्रमितको दरलाई हेरेर सम्बन्धीत स्थानीय तहले विद्यालय सञ्चालन तथा बन्द गर्न सक्ने निर्णय गरेको थियो ।

‘हामीले नियमित समयमा जस्तै पठन पाठन गरेका छौँ’ काठेखोला गाउँपालिका–२ स्थित जनकल्याण माविमा कार्यरत शिक्षक चन्द्रमणी उपाध्याले भन्नुभयो–‘‘विद्यालयमा मास्क, सेनिटाईजर प्रयोगमा कडाई गरेर कक्षा सञ्चालन भएको छ ।’

विद्यार्थीबीच आपसमा घुलमिल कम गर्न खाजा खाने समय कटाएर कक्षा सञ्चालन गरेको जैमिनी नगरपालिकाका मेयर इन्द्रराज शर्माको भनाई छ । विद्यालय समयलाई पाँच घण्टामा सिमित गरिएको छ । खाजाको समयमा विद्यार्थी घुलमित तथा खेलकुद गतिविधिमा संलग्न हुने हुँदा उक्त समयमा पनि कक्षा सञ्चालन गरिएको हो । कोरोनाको दोस्रो भेरियन्ट फैलिए पछि बागलुङमा बैशाख १९ गतेदेखि विद्यालय बन्द गरिएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here