साहित्यकार काजी रोशनको ‘मेरा हरपल’ कृति विमोचन

बागलुङ, ८ असोज । बागलुङका साहित्यकार काजी रोशनको ‘मेरा हरपल’ शुक्रबार बिमोचन गरिएको छ । साहित्यकार काजी रोशनले आफु अध्यक्ष रहेको धौलागिरि साहित्य प्रतिष्ठानको ३७ औं स्थापना दिवसको अवसरमा कृति बिमोचन गर्नुभएको हो ।

साहित्यकार रोशनले २०७५ जेठ १६ गतेदेखि २०७७ मंसिर १८ गतेसम्म एक सय तीस हप्ता सम्म आफुले सामाजिक सञ्चाल फेसबुकमा राखेको साहित्यिक लेख, सहभागि भएका कार्यक्रमहरु र साहित्यिक व्यक्तित्वहरुसँग गरिएको भेटघाटलाई समेटिएको ‘मेरा हरपल’ कृति विमोचन शुक्रबार धौलागिरी बहुमुखि क्याम्पसका प्रमुख रामप्रसाद उपाध्यायले विमोचन गर्नुभएको हो ।

कृति बिमोचन पछि बोल्दै क्याम्पस प्रमुख उपाध्यायले हामीले हरेक दिन महत्वपूर्ण काम गरेका हुन्छौं त्यसलाई उतारेर कृति लेख्नु सह्रायिन कार्य हुने बताउनुभयो । ‘हामीले हरेक दिन राम्रा काम र भेटघाट गर्ने गरेको भएपनि दैनिक पाँच मिनेट समय दिन नसकेर लिपिबद्ध गर्न सकेका छैनौं,’ क्याम्पस प्रमुख उपाध्यायले भन्नुभयो–‘यो सर्जक र अरुको लागि समेत सिक्ने काम भएको छ । दैनिक रुपमा गरेका राम्रा कामको बारेमा लिपिबद्ध गरेर कृति मार्फत जानकारी गराएमा पछिका पिढिको लागि प्रेरणाको स्रोत बन्न सक्छ ।’

क्याम्पस प्रमुख उपाध्यायले धौलागिरी साहित्य प्रतिष्ठानले नयाँ साहित्यकारलाई प्रोत्साहन गर्ने, क्रियाशिल र पुराना साहित्यकार सहित देशका विभिन्न स्थानमा रहेका साहित्यकारलाई सम्मान र पुरस्कृत गरिरहेको बताउनुभयो ।

उहाँले राजनीति नेताले मुखले एउटा बोल्ने र काम अर्को गर्ने र साहित्यमा साहित्यकारले समाजमा र आफ्नो जीवनमा देखेको र भोगेको कुरालाई जस्ताको त्यस्तै प्रस्तुत भएकाले साहित्य उत्कृष्ट रहेको बताउनुभयो ।

कार्यक्रममा धौलागिरी बहुमुखी क्याम्पसका पूर्व सहायक प्रध्यापक हरिप्रसाद गौतम र पत्रकार महासंघ बागलुङ शाखाका सचिव बिजय राना र मुलपानी माध्यमिक विद्यालयका पूर्वप्रध्यानाध्यापक मेघराज पाण्डेयले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोभने धौलागिरी बहुमुखि क्याम्पसका सहायक प्रध्यापक हरिप्रसाद पाण्डेले कृति माथि समिक्षा गर्नुभएको थियो ।

धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत संस्थापक सदस्य श्याम श्रेष्ठ र संचालन सचिव राम थापा ‘अविरल’ले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here