बाल दिवसको अवसरमा काठेखोलामा बक्तृत्वकला प्रतियोगिता

बागलुङ, २९ भदौ । ५७ औं राष्ट्रिय बालदिवसको अवसरमा काठेखोला गाउँपालिकामा ‘बालमैत्री शासन, बाल अधिकारको सम्मान’ विषयक अन्तरमाध्यमिक विद्यालय स्तरिय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

नेपाल स्काउट काठेखोलाको आयोजनामा भएको बक्तृत्वकला प्रतियोगितामा गाउपालिका भित्रका ६ वटा माध्यमिक विद्यालयका ११ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा भिमसेन माध्यमिक विद्यालयकी समिक्षा कंडेल प्रथम, अमर माध्यमिक विद्यालयकी निर्मला विक द्धितिय, नारायण माध्यमिक विद्यालयकी कृपा थापा तृतीय र भीमसेन माध्यमिक विद्यालयका जेनिश कंडेल र लेखानी माध्यमिक विद्यालयका कृष्ण कंडेल सान्तोना भएका थिए ।

प्रतियोगिताको उद्घाटन गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापाले गर्नुभएको थियो । उद्घाटन पछि बोल्दै थापाले बालबालिकाको भबिष्यले समाज र देशको भविष्य निर्धारण गर्ने बताउनुभयो । उहाँले स्काउटले समामाजिक क्षेत्र सहित बालबालिकाको क्षमता विकासमा कार्यक्रमहरु संचालन गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रममा काठेखोला गाउँपालिकाका कार्यपालिका सदस्य टिका संगम विक र शिक्षा शाखाका स्रोत व्यक्ति रामानन्द कंडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नेपाल स्काउट काठेखोलाका संयोजक होमनाथ गौतमको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको स्वागत सदस्य बद्री बहादुर भण्डारी र संचालन सदस्य प्रजापति गौतमले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here