फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

२७ जेठ, काठमाडौं । सरकारले सार्वजनिक यातायातमा लामो दुरीको भाडा फेरि बढेको छ।

यातायात व्यवस्था विभागले डिजेलको मूल्य बढेसँगै यातायातको भाडा बढाएको हो। यातायात व्यवस्था विभागका अनुसार यात्रुबाहक सवारीको २.५ प्रतिशतले भाडा बढेको छ। पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ३.३ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ३.७ प्रतिशतले भाडा वृद्धि भएको हो।

विभागले जेठ २७ गतेबाट नयाँ भाडादर लागू हुने जानकारी दिएको छ। आयल निगमले शुक्रबारबाट लागू हुने गरी डिजेलमा प्रतिलिटर एकैपटक १२ रुपैयाँ बढाएको छ।

 

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here