
बागलुङ, २१ भदौ । निर्वाचन आयोगले दल रोज्न दिएको समय एक दिन बाँकी रहदा बागलुङमा एमालेबाट निर्वाचित १ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।
बागलुङ नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष जीवन आचार्यले सोमबार जिल्ला निर्वाचन कार्यालय बागलुङमा सनाखत गर्नुभएको जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख ओमनारायण ढुंगानाले बताउनुभयो ।
नेकपा एमाले विभाजित बनेपछि निर्वाचन आयोगले जनप्रतिनिधिहरुलाई भदौ २२ गतेसम्म दल रोज्ने समय दिएको छ ।










