बागलुङमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु

फाइल तस्विर

बागलुङ, १७ भदौ । कोरोना भाइरस संक्रमणको कारण बागलुङमा थप एक पुरुषको मृत्यु भएको छ ।

धौलागिरी अस्पतालमा उपचाररत बागलुङ नगरपालिका वडा नम्बर ७ मुलपानीका ७८ बर्षिय पुरुषको बिहिबार दिउँसो निधन भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले बताउनुभयो ।

स्वास्थ्यमा समस्या देखिएपछि भदौ ३ गते धौलागिरी अस्पताल भर्ना भएका उनको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको थियो । जटिल प्रकारको कोभिड निमोनिया र स्वासप्रस्वासमा समस्या भएपछि अस्पतालको सघन कक्ष (आइसियु)मा भर्नाभइ उपचारत उनको बिहिबार उपचारको क्रममा निधन भएको फोकलपर्सन घिमिरेले बताउनुभयो ।

कोरोना भाइरसका कारण बागलुङमा मृत्यु हुनेको संख्या ६८ पुगेको छ ।

बागलुङमा बिहिबार कोरोना भाइरसका सक्रिय संक्रमित १ सय ३८ जना रहेका छन् । त्यसमध्य १ सय ३० जना होमआइसोलेसन, २ जना धौलागिरी अस्पतालको आइसोसेलन, १ जना ताराखोला कोभिड अस्पताल, २ जना बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र (अस्थायी कोभिड अस्पताल), १ जना बरेङ कोभिड अस्प्ताल र २ जना गल्कोट प्राथमिक स्वास्थ्य केन्द्र अस्थायी कोभिड अस्पताल)मा उपचाररत रहेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here