
बागलुङ, ४ भदौ । बागलुङमा पछिल्लो २४ घण्टामा थप १९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बागलुङका अनुसार शुक्रबार पिसिआर परीक्षणमा ९ जना र एन्टिजेन परीक्षणमा १० जनालाई संक्रमण पुष्टि भएको हो । पिसिआर परीक्षणमा बागलुङ नगरपालिकाका ८ जना र काठेखोला गाउँपालिकाका १ जनालाई संक्रमण पुष्टिभएको र एन्टिजेन परीक्षणमा गल्कोट नगरपालिकाका २ जना र ताराखोला गाउँपालिकाका ८ जनालाई संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
शुक्रबार ७९ जनालाई कोरोना निको भएको छ । बागलुङमा सक्रिय संक्रमित ४ सय ९८ जना रहेको फोकलपर्सन घिमिरेले बताउनुभयो ।
संक्रमितहरु मध्य ५ सय ७४ जना होम आइसोलेसनमा रहेका छन्भने ४ जना धौलागिरी अस्पतालको आइसोलेसन, २ जना ताराखोला कोभिड अस्पताल, ४ जना बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र (अस्थायी कोभिड अस्पताल), ७ जना बरेङ कोभिड अस्पताल र ६ जना गल्कोट प्राथमिक स्वास्थ्य केन्द्र (अस्थायी कोभिड अस्पताल)मा उपचाररत छन् ।
सक्रिय संक्रमितहरु सवैभन्दा धेरै बागलुङ नगरपालिकाका रहेका छन् । बागलुङ नगरपालिकाका १ सय ८१ जना, गल्कोट नगरपालिकाका १ सय जना, जैमिनी नगरपालिकाका ७० जना, काठेखोला गाउँपालिकाका ३८ जना, बरेङ गाउँपालिकाका ३५ जना, ताराखोला गाउँपालिकाका २४ जना, बडिगाड गाउँपालिकाका १८ जना, ढोरपाटन नगरपालिकाका १६ जना, निसीखोला गाउँपालिकाका ५ जना र अन्य ११ जना रहेको फोकलपर्सन घिमिरेले बताउनुभयो । उहाँले तमानखोला गाउँपालिकामा मात्र सक्रिय संक्रमित नरहेको बताउनुभयो ।
बागलुङमा कोरोना निको हुनुको सर ९२ दशमलब २ प्रतिशत रहेको फोकलपर्सन घिमिरेले बताउनुभयो । उहाँले हालसम्म पिसिआर २१ हजार ९ सय ४३ र एन्टीजेन ३ हजार ३ सय ३६ जना गरि २५ हजार २ सय ७९ परीक्षण गर्दा पिसिआरबाट ६ हजार ४९ जना र एन्टीजेनबाट १ हजार १ सय ९६ जना गरि ७ हजार २ सय ४५ जनालाई कोभिड संक्रमण पुष्टि भएको बताउनुभयो । हालसम्म ६ हजार ६ सय ८३ जना निको भइसकेका छन्भने ६४ जनाको मृत्यु भएको छ ।










