आज २०७८ साल साउन २१ गते बिहिवारको राशिफल

आज २०७८ साल साउन २१ गते बिहिवार,
तदअनुसार अगष्ट ५, २०२१
– ज्यो.प. नारायणप्रसाद दुलाल

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज धार्मिक समारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । न्यायिक कार्यमा सफलता पनि मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । अध्ययन र प्राविधिक कार्यमा रुचि बढ्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज आफन्तसँग मनमुटाव बढ्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्य प्रतिकूल रहन सक्छ, स्वस्थ प्रति सचेत रहनु होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सहजै सम्पादन हुन सक्छ । आफूसँग भएको क्षमता प्रदर्शन गरेर अवसर र सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । शेयर बजारमा गरेको लगानीले राम्रै साथ देला । छोटो यात्रा पनि हुन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज उन्नति प्रगतिको वातावरणमा समस्या आउला । पेसा वा व्यवसायका क्षेत्रमा व्यवधान आउन सक्छ, तर आफन्तको साथ भने मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । चिताएको कामले तीव्रता लिनेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । जग्गा जमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
शुभारम्भको चर्चा चल्नेछ । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । छोटो यात्राको अवसर मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । छोटो यात्राको सम्भावना रहेको छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । साभार हाम्रो पात्रो

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here