बागलुङ, १९ साउन । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशमा पौडी खेल्ने क्रममा डुबेर एक युवतीको मृत्यु भएको छ ।
रेशको काफलबोट धाउखोलामा पौडी खेल्ने क्रममा मंगलबार दिउँसो डुबेर २० बर्षिया मनकुमाारी कार्कीको मृत्यु भएको वडा अध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।
२० बर्षिय मनकुमारी र उनकी बहिनी १४ बर्षिय सिवानी कार्की घर नजिकैको ढाँवाखोलाको दहमा पौडी खेल्ने क्रममा मनकुमारी डुबेर बेपत्ता भएकी थिइन । सिवानी सकुशल रहेकी छिन् ।
घरबाट खेतमा घाँस काट्न गएका दिदीबहिनी घर फर्किने बेला खोलामा सँगै पौडी खेल्ने क्रममा दिदी मनकुमारी डुबेर बेपत्ता भएकी हुन् । बहिनी सिवानीले दिदी पौडी खेल्दा बेपत्ता भएको स्थानीयलाई बताएपछि खोज्ने क्रममा दहको विच भागमा गााडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी इकवाल हवारीले बताउनुभयो ।
बहिनी सिवानीले दिदी पौडी खेल्दा बेपत्ता भएको स्थानीयलाई बताएपछि खोज्ने क्रममा दहको विच भागमा गााडिएको अवस्थामा फेला परेको वडाअध्यक्ष लामिछानेले बताउनुभयो । वडाअध्यक्ष लामिछाने घटनाको बारेमा प्रहरीलाई खबर गरिएको र दोविल्ला प्रहरी चौकी अक्षेतेबाट प्रहरीको टोली घटनास्थल जाँदै गरेको बताउनुभयो ।
मृत्तक कार्की काठेखोला–६ बिहुँमा रहेको भिमसेन माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत थिइन ।










