
बागलुङ, १९ साउन । बागलुङ नगरपालिका वडा नम्बर १ निरयघाट स्थित कालीगण्डकी नदिमा हाम फालेर एक महिला बेपत्ता भएकी छिन् ।
बागलुङ नगरपालिका वडा नम्बर ९ तित्याङकी ५० बर्षिय टिका थापा सोमबार दिउँसो ५ बजेको समयमा कालीगण्डकी नदिमा हामफालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी इकवाल हवारीले बताउनुभयो ।
प्रनाउ हवारीले थापाकी छोरी शर्मिला थापाले सोमबार साँझ ६ बजेर ३० मिनेटमा फोन गरेर आमाले कालीगण्डकीमा हाम फालेर बेपत्ता भएको खबर गरेपछि जिल्ला प्रहरी कार्यालयबाट १० जनाको घटनास्थल पुग्दा नदी किनारमा १ जोर चप्पल भेटिएको बताउनुभयो । उहाँले बेपत्ता महिलाले मानसिक सम्बन्धी औषधी सेवन गर्ने गरेको जानकारी दिनुभयो ।
बेपत्ता महिलाको खोजी भइरहेको प्रनाउ हवारीले बताउनुभयो ।










