
बागलुङ, १८ साउन । बागलुङ जिल्लाको गल्कोट नगरपालिका १ चौराहमा बस दुर्घटना हुँदा ११ जना घाईते भएका छन् ।
काठमाडौंबाट बुर्तिबाङ जाँदै गरेको बा ५ ख १५५३ नम्बरको बस सोमबार विहान ७ बजेर १५ मिनेटम गल्कोट–१ सौराह स्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना हुँदा ११ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी इकवाल हवारीले बताउनुभयो ।
प्रनाउ हवारीले बसमा चालक सहित २२ जना सवार रहेकोमा ११ जना घाईते भएको जानकारी दिनुभयो ।
प्रनाउ हवारीले गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ९ बार्सीकोटका २७ वर्षीय को गिरी बहादुर परियार, बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर २ शेराकी ४२ वर्षीया पवित्रा खत्री, गलकोट नगरपालिका वडा नम्बर ३ गणेशचोकका ७३ वर्षीय हरीलाल खत्री नवलपारासीको सुनौल नम्बर ३ आसामबासी टोलका ४८ वर्षीया तारा पुन, गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर २ का ३३ वर्षीयको राजकुमार कुवँर सोही ठाउँकी ३० वर्षीया तारा थापा बागलुङको बडिगाड गाउँपाकिा वडा नम्बर २ का १७ वर्षीय विष्णु थापा, भारत घर भई गुल्मी बस्दै आएका १९ वर्षीय अनिल कुवँर, दिलदिप साहनि, बडिगाड गाउँपालिका वडा नम्बर ६ सिमलचौरका ३९ वर्षीय टेक बहादुर राना भारत घर भई हाल गुल्मी बस्ने २५ वर्षीय जिलाजित शर्मा घाइते भएको बताउनुभयो । घाइते सबैलाई धौलागिरी अस्पताल बागलुङ ल्याउँदै गरेको प्रनाउ हवारीले जानकारी दिनुभयो ।
प्रहरीले बस चालक गल्कोट नगरपालिका–१ काफलबुटा बस्ने ५२ बर्षिय चित्र बहादुर खड्कालाई नियन्त्रणमा लिएको छ । बस ब्रेक फेल भइ सडकको कुनामा ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको छ ।








