टोकियो ओलम्पिकमा गौरिकाको राष्ट्रिय कीर्तिमान सुधार

टोकियो, १३ साउन । जापानमा जारी टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।

गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइलमा १ दशमलव शुन्य ११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएका हुन् । टोकियो एक्वेटिक सेन्टरमा हिट १ मा रहेकी गौरिका आफ्नो हिटमा तेस्रो स्थानमा रहिन् । यस अघि गौरिकाको नाममा १ मिनेट ५६ मिलीसेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो ।

शीर्ष १६ खेलाडीले सेमिफाइनलमा स्थान बनाएका छन् । १७ वर्षिय गौरिकाले युनिभर्सियालियाटी कोटा अन्तर्गत ओलम्पिकमा सहभागीता जनाएकी हुन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here