बागलुङमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

बागलुङ, १३ साउन । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण बागलुङमा थप एक जनाको मृत्यु भएको छ ।

धौलागिरी अस्पताल बागलुङमा उपचाररत बागलुङ नगरपालिका–३ का ८६ बर्षिय एक जना पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

कोभिड–१९ को लक्षण देखिएपछि साउन ९ गते अस्पताल भर्ना भएका उनको आज बुधबार दिउँसो २ बजेर ४७ मिनेटमा उपचारको क्रममा मृत्यु भएको फोकलपर्सन घिमिरेले बताउनुभयो । जटिल प्रकारको कोभिड निमोनिया देखिएका उनी अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा उपचाररत थिए ।

बागलुङमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ६२ पुगेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here