थप एक हजार १४ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ, २२ मंसिर । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार १४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा एक हजार ६२८ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या दुई लाख २७ हजार ४३३ पुगेको छ । नेपालका हालसम्म दुई लाख ४१ हजार ९९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार हाल मुलुकभर १२ हजार ९४८ जना सक्रिय सङ्क्रमित छन् ।

पछिल्लोे २४ घण्टामा कोरोनाका कारण २० जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ६१४ पुगेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here